प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौतीको विषय: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । शनिवार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको विश्व जलवायु परिवर्तन लगायतका वातावरणीय चुनौतीहरूको शिखरमा उभिएको बताए । उनले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचिसमेत बढिरहेको दाबी गरे ।

उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई सूक्ष्मतम तवरबाट विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म भावी दिशा निर्देशका लागि स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्ने बताए । उनले मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्ष रुपमा जोडिएको हुने भन्दै पनि नेपालमा पाइने बाघ, गैँडा, हात्ती, हिउँ चितुवा जस्ता ठूला वन्यजन्तुदेखि ससाना वन्यजन्तु सम्मले परिस्थितिकीय प्रणाली सन्तुलनमा खेल्ने भूमिकाबारे जानकार हुन आवश्यक रहेको बताए ।

उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व वन्यजन्तुको चोरी सिकारी, अवैध व्यापार जस्ता वन्यजन्तु अपराधका घटनाहरू र यसको द्वन्द्व व्यवस्थापन, अपराध नियन्त्रण तथा संरक्षणका विद्यमान मुद्दाहरूलाई यथोचित, प्रभावकारी रुपमा सम्बोधन कसरी गर्ने रु भनेर सोच्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय