खेल जीवन त्यागेर अस्ट्रेलिया पस्दै खेलाडी

पछिल्लो समय राष्ट्रिय स्तरमा चर्चा कमाएका खेलाडी विदेशिने क्रम बढेको छ। फुटबलमा राक्रो क्रेज बनाइसकेका खेलाडी विदेश पलाएन हुनु खेल क्षेत्रलाई ठुलो घाटा हो। यसरि खेलाडी बिदेशिनु उनीहरुका लागि रहर हो या बाध्यता राज्यले बेलैमा सोच्नु जरुरि छ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जेठ २८ गते नेपालले घरेलु टोलीविरुद्ध गोल गर्दा दर्शन गुरुङ र सन्तोष तामाङको तालमेल गज्जवको थियो ।

त्यै गोलका कारण दर्शन ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने नेपाली खेलाडीका रुपमा चिनिए । वाईबी घलेले सन् १९८२ को एसियाली खेलकुदमा नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल गरेयता नेपाल कुवेतविरुद्ध गोलविहीन थियो ।

पहिलो अन्तर्राष्ट्रिय गोल गरेको तीन सातामै दर्शन सुरक्षित भविश्यको खोजीमा विदेशिए, त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङले पनि फुटबल करिअरलाई विट मारे । उनीहरु दुवै आइतबार साँझ अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

यू–१२ यता सबै उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका उनले पछिल्लो पटक राष्ट्रिय टोलीमा अवसर पनि पाए । तर फुटबल छाडेर विदेश लागे ।

ललितपुरका सन्तोष त्रिभुवन आर्मी क्लबका प्लेमेकर थिए । २०७५ चैतमा कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनी सन्तोष चार वर्षदेखि नियमित सदस्यका रुपमा छन् । तर उनले पनि अष्ट्रेलिया रोजेका छन् ।

दर्शन र सन्तोषले जस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका स्ट्राइकरद्वय सुमन लामा र आशिष लामा पनि एक महिना पहिले विदेशिएका थिए । उनीहरु पनि फुटबल छाडेर अस्ट्रेलिया गएका छन् । यसअघि सन् २०१९ मा गोलरक्षक एलन न्यौपाने र मिडफिल्डर हेमन गुरुङ अस्ट्रेलिया पलायन भएका थिए ।

खेलाडीदेखि रेफ्री, प्रशिक्षकको अवस्था व्यावसायिक बन्दै छ । खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्था बन्दैछ । किरण चेम्जोङ, रोहित चन्द जस्ता खेलाडीले नेपालमा मात्र नभएर विदेशमा पनि खेल्न सक्छन् भनेर उदाहरण बनेका छन् ।

अझ अगाडि पुग्ने हो भने राष्ट्रिय टिमकै जगजित श्रेष्ठ, सुलभ मास्के पनि अष्ट्रेलिया नै पुगेका थिए । त्यसभन्दा अझ अगाडि जाने हो भने विदेशिन खेलाडीको सूची लामै बन्न सक्छ ।

नेपालमा नियमित फुटबल खेल्ने र स्थापित भइसकेका फुटबलरको पलायन देशका लागि दुर्भाग्य भएको बताउँछन्, राष्ट्रिय टिमका पूर्व कप्तान राकेश श्रेष्ठ ।

प्रतिक्रिया

सम्बन्धित खवर