मेलबर्न । मेलबर्नमा बसोबास गर्दै आएका कवि निराजन रेग्मीको कविता संग्रह ‘समय निस्सासिएको प्रहर’ हालै सार्वजनिक भएको छ। पुस्तकलाई यात्रा पब्लिशिङ हाउसले प्रकाशित गरेको हो भने सम्पादन विप्लव प्रतिकले गरेका छन्। पुस्तकको भर्चुअल विमोचन सम्पन्न भइसकेको छ।
संग्रहमा रेग्मीका विविध भावनात्मक, सामाजिक र जीवनका गहन यथार्थ बोकेका कविताहरू समेटिएका छन्। समय, संघर्ष र सपना सम्बन्धी अनुभूतिहरूलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको यो कृति पाठकमाझ चर्चाको विषय बनेको छ । रेग्मी अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका छन्। उनी कविता र साहित्यिक गतिविधिमा सक्रिय हुनुका साथै नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ) मार्फत सामाजिक कार्यहरूमा समेत संलग्न रहँदै आएका छन्।
पुस्तक उपलब्धता
‘समय निस्सासिएको प्रहर’ काठमाण्डू र चितवनका विभिन्न पुस्तक पसलहरूमा उपलब्ध छ।
यसमा प्रदर्शनी मार्गस्थित Kalinchowk Books & Stationery, पुतलीसडकस्थित Manjari Publication र Gyanjyoti Books, Publication & Distributor, बागबजारस्थित Ratna Book Distributors, अनामनगरस्थित Oxford Int’l Academy, न्युप्लाजास्थित New International Books Centre र Pairavi Book House, साथै गाइडकट नवलपुरको Sulabh Pustak Pasalमा पाइन्छ।
पुस्तकको मूल्य रु. ३९९ निर्धारण गरिएको छ। साथै, Kitab Yatra (www.kitabyatra.com) मार्फत विश्वभरबाट अनलाइन अर्डर गरेर पनि प्राप्त गर्न सकिन्छ।