मेलबर्न – नेपाली भजन तथा आध्यात्मिक संगीतप्रेमीहरूलाई समर्पित नयाँ भजन ‘सद्दे मनको बैराग्य’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अष्ट्रेलियामा रहेका भेषराज सापकोटाको विशेष प्रस्तुती रहेको उक्त भजन सुनिता बुढा क्षेत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भजनमा सुनिता बुढा क्षेत्री, बसन्त थापा, भेषराज सापकोटा, बीबी अनुरागी र नन्दाराम सापकोटा (नारद बा) को स्वर समावेश छ। गीतका शब्द हेमनाथ खरेलले लेखेका हुन् भने संगीत प्रकाश सापकोटाले गरेका छन्।
त्यसैगरी रमेश विश्वकर्मा,जयन्त मगर, गोविन्द अनेक, सुनिता लोहानी र बिन्दु बीसीले सामुहिक स्वर दिएको उक्त भजनको संगीत संयोजन बीबी अनुरागीले गरेका छन्। श्यामस्वेत रासाइलीले गीतको मिक्सिङ र मास्टरिङ गरेका हुन् भने रेकर्डिस्ट गोविन्द अनेक रहेका छन्। रेकर्डिङ प्रिज्म स्टुडियो र नेपअस स्टुडियो, मेलबर्नमा गरिएको हो।
गीतको भिडियो पक्ष पनि आकर्षक प्रस्तुत गरिएको छ। निर्देशन तथा कोरियोग्राफी केशवराज भट्टले सम्हालेका हुन्। भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ।
भिडियोको छायांकन महेश महरा, सम्पादन प्रविन भट्ट, मेकअप अनिमेश गुरुङ, पोस्ट–प्रोडक्सन प्रशुभ स्टेशनले गरेका छन्। पोस्टर डिजाइन सुमिशा सुमिश क्रिएसनले तयार पारेको हो भने टेक्निकल सपोर्ट राजेन्द्र अर्यालले प्रदान गरेका छन्।
