यसकारण छ धूम्रपान गर्नेलाई कोरोनाको बढी जोखिम !

विश्व स्वास्थ संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार हरेक वर्ष विश्वभरि करिब ८० लाख मानिसको मृत्यु धूम्रपानका कारण हुने गर्छ । यससँगै धूम्रपान कोरोना भाइरस (कोभिड–१९)लाई प्रश्रय दिने खालका विभिन्न रोगसँग समेत सम्बन्धित छ । यसको अर्थ, कोरोना संक्रमणको नाता प्रत्यक्ष–अप्रत्यक्ष रूपमा धूम्रपानसँग जोडिएको छ ।

-धूम्रपान नगर्नेमा भन्दा धूम्रपान गर्ने व्यक्तिहरूमा श्वासप्रश्वासको समस्या बढी देखिन्छ, यो स्वाभाविक पनि हो । साथै, क्षयरोग र ब्याक्टेरियल निमोनियाको खतरा पनि धूम्रपान गर्नेहरूमै बढी देखिन्छ । उनीहरूमा हैजाजस्ता रोगको सम्भाव्यता अरूको तुलनामा करिब दुई गुणाभन्दा बढी हुन्छ । सन् २०१२ मा फैलिएको ‘मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम’बाट मृत्यु हुनेमध्ये धूम्रपान गर्नेको संख्या धेरै थियो ।

images (2).jpg

-धूम्रपान गर्नेहरूमा कोरोना संक्रमण भएमा स्वास्थ्य अवस्था अझ गम्भीर हुन सक्छ । चीनमा कोरोना संक्रमितमा गरिएको अध्ययनअनुसार करिब एक दशमलव चार गुणा संक्रमितमा कोरोनाको गम्भीर असर परेको र करिब दुई दशमलव चार गुणा संक्रमितलाई आइसियू, भेन्टिलेटरमा राखिनुका साथै उनीहरूको मृत्युसम्म भएको थियो । यी सबै धूम्रपान गर्ने व्यक्ति थिए ।

-कोरोना भाइरसले श्वासप्रश्वासमा आक्रमण गर्छ भने धूम्रपानले सोही श्वासप्रश्वास प्रणालीलाई कमजोर बनाउँछ । यसकारण, धूम्रपान गर्ने व्यक्तिमा कोरोनाको प्रतिकूल असर पर्ने देखिन्छ । मुटु तथा क्यान्सरको जड पनि धूम्रपान हो । जुन कोरोना संक्रमितका लागि घातक छ । विज्ञका अनुसार, धुम्रपान गर्नेको रोग प्रतिरोधात्मक शक्ति पनि कम हुन्छ । चुरोट सेवनले रोग प्रतिरोधात्मक कोषिकालाई निष्क्रिय मात्र पार्दैन, फोक्सोका कोषिकालाई पनि सुन्याउँछ । यसले गर्दा कोरोनाले अझ प्रतिकूल असर पार्छ ।

-साथै, हाम्रो शरीरमा ‘एनजियोेटेनसिन कन्भर्टिङ इन्जाइम टु रिसेप्टार’ नामक प्रोटिन हुन्छ, जुन श्वासप्रश्वास नलीको कोषिकाको सतहमा पाइन्छ । कोरोनाले यही सतहमा रहेर मात्र भाइरस पैदा गर्न र फैलाउन सक्छ । धूम्रपानले ‘एनजियोटेनसिन कन्भर्टिङ इन्जाइम टु रिसेप्टार’लाई बढाउँछ । जसले गर्दा, कोरोनालाई भाइरस फैलाउन अझ बढी ‘स्पेस’ मिल्छ ।

-धूम्रपान गर्ने व्यक्तिहरूमा कमजोर श्वासप्रश्वास प्रणाली बढ्दो ‘एनजियोटेनसिन कन्भर्टिङ इन्जाइम टु रिसेप्टार’, दमित रोग प्रतिरोधात्मक समस्या, खराब स्वास्थ्य समस्याजस्ता जटिलता हुन्छन्, जसले गर्दा उनीहरूलाई कोरोनाले आक्रमण गर्ने सम्भावना बढी देखिन्छ ।

(एजेन्सीको सहयोगमा)

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय