मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको चुनावी मिति नजिकिँदै गर्दा अध्यक्ष पदका प्रत्यासी अनिल पोखरेलसहित उनको प्यानलले भिक्टोरियामा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
फोकनरस्थित एक सामुदायिक हलमा एक कार्यक्रमको वीच पोखरेलको नेतृत्वमा चुनावमा होमिएको एनसीसी तथा मणिरत्न सापकोटाको नेतृत्वमा घोषित भिक्टोरिया राज्य समितिका उम्मेद्वारहरुको उपस्थितीमा भेटघाट कार्यक्रम गरिएको हो ।
शनिवार आयोजित कार्यक्रममा सम्बोधन गर्दै वर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत रहेका पोखरेलले एनआरएनमा हालसम्म आफूले गरेको काम तथा सुधारका प्रयासहरुको फहरिस्त सार्वजनिक गर्दै आफ्नो एजेन्डाको आधारमा भोट दिन आग्रह गरेका थिए । उनले एनआरएनएमा हजारौं डलरको डोनेशन र अनुदानहरु ल्याउन सफल भएको, आर्थिक पारदर्शिता बढाएको, सदस्यहरुको संख्या बृद्धिमा काम गरेको लगायतका कामहरुको बारेमा जानकारी दिदै आगामी कार्यकालमा अध्यक्षको रुपमा अझै सशक्त ढंगबाट अघि बढ्ने बताए ।
त्यस्तै भिक्टोरिया राज्य संयोजक पदका प्रत्यक्ष मणिरत्न सापकोटाले आफूले यसअघि भिक्टोरिया राज्य समितिको उपाध्यक्षसहित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर समाजसेवा गरेको भन्दै अब एनआरएनएको राज्यको मूल नेतृत्वमा आएर काम गर्ने बताएका थिए ।
सो अवसरमा आईसीसी, एनसीसी र एससीसीको विभिन्न पदमा उम्मे्दवारी घोषणा गरेका उम्मेद्वारहरुले आफूलाई किन भोट दिने भन्ने विषयमा प्रकाश पारेका थिए ।
जनसम्पर्क समिति भिक्टोरियाका अध्यक्ष विनित शर्माको अध्यक्षता, कल्पना बस्यालको स्वागतसँगै शुरू भएको कार्यक्रममा दूर्गा आचार्य, दिनेश जोशी, हेमन्त काफ्ले, हरि खड्का, बबिन मिश्र, प्रमेश राई, केशव कंडेल, गान्धी भट्टराई, प्रेम राज उप्रती महेश भण्डारी लगायतले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै साहित्यकार लक्ष्मण सन्ज्यालले गजल सुनाएर सबैलाई मनोरन्जन प्रदान गरे ।
एनआरएनए नेताहरु, उम्मेद्वार तथा समर्थकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरु सहभागि रहेको उक्त कार्यक्रमको सञ्चालन दिनेश बन्जराले गरेका थिए ।
एनआरएनए अस्ट्रेलियामा अध्यक्ष पदका लागि अनिल पोखरेल सगैं उनको प्यानलबाट महासचिवमा सन्तोष कुँवर, सचिवमा थिर बहादुर गुरुङ, कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा सयोंजकमा सुमन बोहोरा, सदस्यमा शोभित प्रधान, मात्रिका खनाल, केशव खत्री , आइसिसि सदस्यहरुमा रमेश अधिकारी, टिका भुर्तेल, डिल्ली ढकाल, नारायण कटुवाल, मदनराज पौडेलले उम्मेदवारी दिएका छन् ।
त्यस्तै भिक्टोरिया कार्यसमितिको लागि अध्यक्षमा मणिरत्न सापकोटा, उपाध्यक्षमा महादेव धानुक, सचिवमा ससेन्द्र गौतम केसी, कोषाध्यक्षमा विजय दाहाल, सहसचिवमा सबिन धिताल, युवा संयोजकमा सिद श्रेष्ठ, नारी निकुन्ज संयोजकमा राशि सिँह ठकुरी, युवा उपसंयोजकमा गौरव सुनार, नारी निकुन्ज सहसंयोजकमा कल्पना बस्यालले उम्मेद्वारी घोषणा गरेका छन् । यसैगरी सदस्यहरुमा दिवाकार दाहाल, सबिन श्रेष्ठ, लक्ष्मण सन्ज्याल, अच्युत चापागाईं, विकाश सिलवाल, किशान कंडेल, राजेश जैसवाल, मदन सुवेदी, तीलक सापकोटा, युवा समिति सदस्यहरुमा सचिन थापा, रुपा पाण्डे, सागर शाही, बिना अधिकारी, प्रतिभा शाह, सिना थापा मगर, सदिक्षा पौडेल क्षेत्री, उषा आचार्यले उम्मेद्वारी दिएका छन् ।