मेलवर्न । रोयल वेस्टर्न क्लबको अध्यक्षमा रोशन दाहाल चयन भएका छन् । शनिवार सनशाइनस्थित तिनकुने मोमो एन्ड सेकुवा कर्नरमा भएको बार्षिक साधारण सभाले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा तेज कार्की, सहसचिवमा विरोध थिँग, कोषाध्यक्षमा सुबास पाण्डेय, सहकोषाध्यक्षमा सुजात भण्डारी, जनसम्पर्क अधिकृतमा उज्जवल अधिकारी तथा अन्य सदस्यहरु चयन भएका छन् ।
त्यस्तै साधारण सभाले एडमिनको जिम्मेवारी दिपेन्द्र थापालाई दिएको छ भने क्लब म्यानेजरको जिम्मवारी दिपेन्द्र खड्काले पाएका छन् । क्लबको सहायक म्यानेजरमा विकाश सिलवाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शंकर थापा, विकास शिलवाल, जीनिशा गौतम, प्रताप लामा, विकास गुरुङ, रवि थिंग, साजन बस्नेत, सरोज शर्मा, बसन्त पोखरेल, आशेष दाहाल, श्रृष्टि बराल, सुदीप न्यौपाने, अमिर श्रेष्ठ चयन भएका छन् ।
बम योन्जनको अध्यक्ष्तामा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनमा क्लबका सचिव तेज कार्कीले बार्षिक प्रगति विवरणसहितको प्रतिवेदन तथा कोषाध्यक्ष सुवास पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले दुवै प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको क्लबका नवनिर्वाचित जनसम्पर्क अधिकृत उज्जवल अधिकारीले जानकारी दिए ।
कार्यकममा एन्फाका केन्द्रीय सदस्य तथा मकवानपुरका अध्यक्ष टिका लामा, सामुदायिक संघसंस्थाहरुबाट न्याभका अध्यक्ष प्रेम राज उप्रेती, सामुदायिक नेता तथा क्लबका सल्लाहाकार सुनिल भण्डारी, सुरेन्द्र सेंढाईँ, एनआरएनए आईसीसी सदस्य नारायण कटुवाल, एनआरएनए भिक्टोरियाका निवर्तमान अध्यक्ष हरि खड्का, एनआरएनए युवा समिति पूर्वसंयोजक बबिन मिश्र, क्लबका शीर्ष प्रयोजक एक्सपर्ट एजुकेशनका सन्चालक सरोज शर्मा, बसन्त पोखरेल, काठमाडौं प्रपर्टिजका दिक्पाल पंगेनी लगायतले विशेष उपस्थिती जनाउँदै शुभकामना मन्तव्य दिएका थिए ।
उक्त साधारण सभाको सहजीकरण सन्चालन ससेन्द्र केसीले गरेका थिए ।