मेलवर्न । हाम्रो कम्युनिटीले यसबर्ष तीज पर्वको अवसरमा आयोजना गरेको तीजविशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

यही शनिवार साँझ रकबैंक कम्युनिटी हलमा आयोजित कार्यक्रममा विशेषगरी पश्चिम क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले भव्यताका साथ उपस्थिती जनाएर नाँचगान गर्दै रमाइलो गरेका छन् ।

कम्युनिटीका अध्यक्ष प्रकाश अर्यालले यसपटक तीज कार्यक्रममा स्थानीय तीज भाकाहरु गाँउने र नाँच्ने मोडालिटी अनुसार पर्व मनाइएको जानकारी दिए । उनका अनुसार महिला तथा दाजुभाइहरुले आफैले वाद्यवाधनका सामग्री ल्याएर गाउने नचाउने काम गरेका छन् ।

उपस्थितहरुले यसप्रकारको स्थानीय भाकाहरु गाँउने नाँच्ने गर्दा नेपालको झल्को आएको प्रतिक्रिया दिएका थिए । त्यस्तै कलाकारहरू प्रकाश सापकोटा र डिबी कालिजले संगीतिक प्रस्तुति दिएर सबैलाई नचाएका थिए ।

हेर्नुहोस् भिडियो

त्यस्तै बालबालिकाहरुले विभिन्न सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सहजीकरण सावित्रा अर्याल र शंकर अर्यालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय