डा. तिम्सिना एनआरएनए कृषि समितिको संयोजकमा नियुक्त

मेलवर्न । कृषि, बन र वातावरण क्षेत्रमा अष्ट्रेलियामा कार्यरत नेपाली मूलका पेशागत विज्ञहरुको संगठन नेप्लिज एसोसियसन अफ एग्रिकल्चर, फरेष्ट्री एन्ड इनभायरोमेन्ट नेपाफका संस्थापक अध्यक्ष डा. जगदीश तिम्सिना गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको कृषि समितिको संयोजकमा मनोनित भएका छन् ।

डा. तिम्सिना हाल मेलबर्न, अस्ट्रेलियामा अवस्थित ग्लोबल एभरग्रीनिंग एलायन्समा वरिष्ठ फेलोको रूपमा कार्यरत छन् भने सिड्नी, अस्ट्रेलियामा अवस्थित इन्स्टिच्युट फर स्टडी एन्ड डेभलपमेन्ट वर्ल्डवाइडका वरिष्ठ सल्लाहकारको रूपमा पनि भूीमका निभाइरहेका छन् । त्यसैगरी उनी एल्सेवियरको एग्रिकल्चरल सिस्टम्स नामक जर्नलका सम्पादक पनि पनि हुन्। डा। तिम्सिनाको कृषि क्षेत्रमा अनुसन्धान र प्रबन्धन अनुभव अस्ट्रेलिया, बंगलादेश, भारत, नेपाल, र फिलिपिन्स लगायत विभिन्न देशहरूमा फैलिएको छ।

उनको टिममा रहेर नेपाल तथा समग्र विश्वमा कृषि अध्ययन र अनुसन्धानमा योगदान पुर्याउन इच्छुक बिज्ञहरुले उनलाई सम्पर्क गर्न सक्ने बताइएको छ ।

डा. तिम्सिनाको उक्त जिम्मेवारीलाई नेपाफले स्वागत तथा बधाई दिदै उक्त सम्मान नेपाफ लगायत संसारभर रहेका कृषि अनुसन्धानकर्ताको लागि पनि गौरवको कुरा भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय