मेलबर्न । गैर आवासीय नेपाली संघ (एनआरएनए) सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा. राजु अधिकारी मनोनित भएका छन् ।
एनआरएनएको हालै सम्पन्न ९४ औं आइसीसी बैठकको निर्णय अनुसार डाअधिकारीलाई नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा मनोनयन गरिएको हो । संघले २५ जना सदस्य र ५ जना सल्लाहकार रहेको समिति गठन गर्न पनि अधिकारीलाई जिम्मा दिएको छ।
अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्राप्त गर्ने पहिलो एनआरएन वैज्ञानिक पनि हुन् ।