काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निस्कासन गरेको छ ।

०७९ मा सम्पन्न निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएपछि कांग्रेसले महामन्त्री खनाललाई पार्टीबाट निस्कासन गरेको हो ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमा खनाललाई एक वर्षका लागि पार्टीको सदस्यबाट निष्कासन गरिएको उल्लेख छ ।

पत्रमा ‘स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क)(ख)र (घ) र उपधारा ८(ङ) बमोजिम निजलाई १ (एक) वर्षको लागि नेपाली कांग्रेसको सदस्यताबाट निस्कासन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ’ भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय