एडिलेड । एडिलेडमा ब्रहमकुमारी राजयोग केन्द्र एडिलेड शाखाको आयोजनामा दशैंतिहार महोत्सवको हुने भएको छ । दशैंको पञ्चमी सेप्टेम्बरको २७ तारिखको दिन वुडभिल टाउन हलमा हुने भनिएको उक्त महोत्सव एडिलेडमै पहिलो दशैं महोत्सव रहेको आयोजकले जनाएका छन् ।
महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवको मुख्य उद्देश्य अष्ट्रेलियामा हुकैदै गरेको दोस्रो पुस्तामा नेपाली चाडपर्व, कलासंस्कृती र पहिचानलाई विस्तार गर्नु रहेको जनाइएको छ । महोत्सवमा निशुल्क प्रवेश रहेको छ ।
आयोजक सरीता निरौलाले कार्यक्रमको मुख्य आकर्षण नवदुर्गा झाँकी हुने र यसका साथै बिभिन्न नेपाली कला संस्कृती झल्कने गीतसंगीत, नृत्य र साँस्कृतिक प्रस्तुती रहने बताइन् ।