मेलबर्न – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका सक्रिय समाजसेवी दीपक अधिकारीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
“समुदायप्रतिको प्रतिबद्धता, पारदर्शिता, र समावेशी सहभागिता मेरो प्राथमिकता हो। म समुदायको आवाज बन्न चाहन्छु,” अधिकारीले आफ्नो उम्मेदवारी घोषणापत्रमा उल्लेख गरेका छन्।
अधिकारीले यसअघि सन् २०२१–२०२३ मा राज्य समन्वय परिषद् (SCC) को सह–सचिवको रूपमा कार्य गर्दै समुदायका विविध मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यस्तै, हाल उनी सन् २०२३–२०२५ को कार्यकालमा एनआरएनए आईसीसी प्रतिनिधिका रूपमा सक्रिय छन्।
उनले उम्मेदवारीको घोषणा गर्दै भने, “राज्यस्तरको अनुभव र अन्तर्राष्ट्रिय तहको प्रतिनिधित्वको सुदृढ पृष्ठभूमिमा म यो जिम्मेवारी निष्ठाका साथ निर्वाह गर्न तयार छु।”
“Experienced, Dedicated, Ready to Serve” भन्ने मूल नाराका साथ अधिकारीले आगामी शनिबार, जुलाई २६, मा हुने निर्वाचनमा नेपाली समुदायबाट भरोसा र समर्थनको अपेक्षा गरेका छन्।
उनको उम्मेदवारीसंगै अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच सकारात्मक चर्चा शुरु भएको छ। उनी “Together for a Stronger Nepali Diaspora” भन्ने दृष्टिकोणमा विश्वास राख्दै, विश्वभर रहेका नेपालीहरूको सशक्तिकरण र एकताको लागि काम गर्न कटिबद्ध रहेको जनाएका छन्।