काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धनको विकल्प नखोज्न आग्रह गरेका छन् ।
जनताको मर्मविरुद्ध जान नहुने भन्दै उनले सत्ताको आकाङ्क्षामा अर्को गठबन्धन नखोज्न आग्रह गरेका हुन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताए ।
उनले अहिले प्रचण्ड सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा बाहिर आए पनि नेपाली काँग्रेसले शंकाको रुपमा भने नहेरेको बताए । उनले माओवादी केन्द्रले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने बताए ।