नेपालको बिजुली बङ्गलादेश पठाउन बहुप्रतिक्षित सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। आज बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो।

उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो खुलेको हो। बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभपलमेण्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मो। रेजुल करिम र भारतको एनटीपीसी विद्युत व्यापार निगम ९एनभीभएन०की सीईओ रेनु नारंगले हस्ताक्षर गरे।

सम्झौता भएसँगै नेपालले पहिलो चरणमा बंलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्ने भएको छ। नेपालले विगत तीन वर्षदेखि भारतमा विद्युत निर्यात गर्दै आएको छ। बंलादेशमा विद्युत निर्यातको लागि भारतका प्रशारण लाइन हुँदै लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय विद्युत व्यापार सम्झौता दक्षिण एशियाको ऊर्जा सहकार्यमा कोशेढुंगा भएको दावी गरे।

नले सम्झौतासँगै ऊर्जा क्षेत्रमो सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने बताए। उनले बंलादेशमा प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसाका दरले बंगलादेशको बीपीडीबीलाई विद्युत निर्यात गर्ने बताए। नेपालले बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनभीभीएनको प्रशारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशले तिर्ने उल्लेख छ।

सम्झौता कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका लागि भारतका राजदुत नवीन श्रीवास्तकवको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर