मेलवर्न । अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीको रुपमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको मिहेनत, संघर्ष र मातृभूमिको सम्झनालाई समेटेर ‘म आउँदै छु’ शीर्षकको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उत्सव लामिछानेको रचना तथा स्वर रहेको उक्त नेपाली म्यूजिक भिडियोमा नेपाल छोडेर अष्ट्रेलियाका आएका नेपाली विद्यार्थीहरुको कथा बस्तु बोलिएको छ । विहानैको अलार्मले ब्यूझाएसँगै शुरू भएको अन्तराष्टिय विद्यार्थीको दिनभरको दौडधुप, विश्वविद्यालय , कामको दबाब र घरपरिवारको सम्झनाले सताएको कथा उक्त गीत तथा भिडियोमा सुन्न र हेर्न सकिन्छ ।
उक्त गीत तथा भिडियोको लेखन तथा निर्देशन पनि लामिछानेले नै गरेका छन् भने भिडियोको मुख्य पात्रको रुपमा आविष्कार शर्माले भूमिका निभाएका छन् ।
कोबिद बज्रले संगीत भरेको उक्त गीतको छांयांकन र सम्पादन भने बिदुर दाहालले गरेका हुन् ।
नेपाल तर्फको दृश्यको छाँयांकन लक्ष्मण पाण्डेले गरेका छन् । गीत तथा भिडियोको बारेमा बताउँदै यसका गायक तथा रचनाकार लामिछानेले अष्ट्रेलियामा विद्यार्थीको रुपमा आउने अधिकाशं नेपालीहरुको कथा उस्तै भएको बताउँदै यस गीतले सो कथालाई बाहिर ल्याउने काम गरेको बताए ।