मेलबर्न । मेलबर्नस्थित नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)लाई लुम्बिनी-कपिलवस्तु विश्व अभियानका तर्फबाट ३७ सेमि अग्लो ५२ केजी तौल भएको सुनको जलप सहितको वुद्धको मूर्ति हस्तान्तण गरिएको छ ।
अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा एक बिशेष कार्यक्रमका साथ एएनएमसीलाई उक्त मूति हस्तान्तरण गरेका हुन् ।
अभियानको नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका स्व. धर्म बहादुर शाक्यले वुद्ध जन्मस्थल बिषयमा सिर्जित विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने अभियानको उद्धेश्य प्राप्त गर्न अन्तराष्ट्रिय महत्व राख्ने विश्वको महत्वपूर्ण स्थान वा निकायमा नेपाली कलाको समेत प्रबर्द्धन गर्ने अभिप्रायले उक्त मूर्ति हस्तान्तरण गरिएको हो ।
नेपालमा बन्ने वुद्धको मूर्ति अन्य देशमा बन्ने वुद्धको मूर्तिभन्दा फरक हुने भएकोले अभियानको उद्धेश्य प्राप्तिमा सहयोग पुर्याउनु र नेपाली कलायुक्त वुद्धको मूर्ति विश्वको विभिन्न भागमा पुर्याउनु अभियानको उद्धेश्य रहेको संस्थाले जनाएको छ ।
मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नु अघि पञ्चकन्या सहितको सहभागीहरुले विश्व संयोजक श्रेष्ठको निवास क्षेत्रमा वुद्धसम्बन्धी भजन र गीत गाउँदै केही समय नेपाली र वुद्धिस्ट झन्डा, वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितका प्लेकार्ड, र बाजा गाजा सहितको केही समयको र्याली गरेका थिए । उक्त र्यालीपश्चात सहभागीहरु नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि ३ जना लामाहरुद्धारा बौद्ध परंपरा अनुसार विधिपूर्वक पुजापाठ गरेका थिए ।
अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई लगायत अन्य पदाधिकारीहरु भिम न्यौपाने, सुधिर शाक्य, अनन्त राज पौडेल, दीपक आचार्यले सहयोगको लागि लुम्बिनी कपिलवस्तु विश्व अभियानलाई धन्यवाद ज्ञापन गर्दै लेखिएको सम्मानपत्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।
मन्तब्य दिने क्रममा श्रेष्ठले सरकारद्धारा गरिनुपर्ने काम सरकारद्धारा नगरिएकोले जनस्तरबाट शुरु गरी १६ बर्षको समयाबधिमा राष्ट्रिय अन्तराष्ट्रिय महत्वका धेरै उपलब्धी हासिल गरेको बताए । अन्तराष्ट्रिय न्यायालय हेग र युनेस्को मुख्यालय पेरिसमा वुद्ध नेपालमा जन्मेको सन्देश सहित वुद्धको मूर्ति राखिसकिएको सन्दर्भ उल्लेख गर्दै उनले अन्य ठाँउहरुमा पनि मूर्ति राख्ने विषयमा नेपाल सरकारसँग पहलकदमी राखिरहने बताए ।
त्यस्तै उनले विश्वका सात देशमा पढाई हुने पुस्तकहरुमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी हटाउनको निम्ती नेपाल सरकारलाई घचघचाउँदा पनि सरकारले वेवास्ता गरेको बताए ।
अरुण स्वामीको २०१७ सालदेखिको अनवरत प्रयासको फलस्वरुप यही हप्ता राष्ट्र संघले आफ्नो वार्षिक क्यालेन्डरमा पार्ने गरी २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गर्नु पनि नेपालीले गौरवको विषय भएको बताए ।
यस्तै एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले संस्थाले चालेको अभियानमा सफलताको कामना गर्दै मेलबर्नको नेपाली मन्दिरमा वुद्धको मूर्ति हस्तान्तरण गरेकोमा संस्थाप्रति आभार व्यक्त गरे ।