मेलबर्न – गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा कुँवरले आफ्ना दुई प्रतिस्पर्धीहरु भैरव ढकाल र सञ्जीव गोर्खाली ढकाललाई पछि पार्दै २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
कुँवरले कुल ६ हजार ८ सय ३९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी भैरव ढकालले ३ हजार ७ सय २७ र सञ्जीव गोर्खाली ढकालले २ हजार १ सय २६ मत प्राप्त गरे।
त्यसैगरी, उपाध्यक्ष पदमा बबिन मिश्र विजयी भएका छन्। मिश्रले ७ हजार २६१ मत प्राप्त गरे भने प्रतिस्पर्धी रमेश पौडेलले ४ हजार ६१९ मत ल्याए।
महासचिव पदमा चुडामणि सापकोटाले ७ हजार ०३० मत प्राप्त गरी विजयी बने। उनका प्रतिस्पर्धी भरतमणि देवकोटाले ३ हजार २५६ तथा अर्जुन गौतमले १ हजार ८१४ मत प्राप्त गरे।
सचिव पदमा कल्याण खड्का विजयी बनेका छन्। उनले ७ हजार १८० मत ल्याए भने प्रतिस्पर्धी गणेशराज गौतमले ४ हजार ५२८ मत पाए।
कोषाध्यक्ष पदमा निजन चौलागाईंले ७ हजार ०८७ मतसहित विजयी भए भने प्रतिस्पर्धी लुना सिवाकोटीले ४ हजार ४५६ मत ल्याइन्।
क्वीन्सल्यान्ड संयोजक पदमा अतुल खड्काको नेतृत्वमा टिम र तास्मानियामा सुजन वाग्लेको टिम निर्विरोध विजयी भयो।
एनआरएनए अष्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी, नारी विजयी भए ।
न्यूसाउथवेल्समा उषा किरण बारिया पोखरेल, साउथ अष्ट्रेलियामा थीरबहादुर गुरुङ, वेष्टर्न अष्ट्रेलियामा हरिवंश सञ्जेल सुमन, अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा ललित मल्ल, भिक्टोरियामा महादेव धानुक, नर्दन टेरेटोरीमा त्रिलोचन सापकोटा राज्य संयोजक पदमा विजयी भएका छन्।
भेरो भोटिँग मार्फत भएको चुनावको नतिजा शनिवार राति १० बजे अनलाइनमार्फतै सार्वजनिक गरिएको थियो। निर्वाचन सम्पन्न गर्न डिल्ली ढकालको नेतृत्वमा निर्वाचन आयोग गठन भएको थियो ।