मेलवर्न । पछिल्लो समयमा गीत संगीतमा आफ्नौ चर्चा बटुल्दै गएका बरिष्ठ कलाकार मेक्सम खातीको नयाँ गीत ‘हैन होला र?’ सार्वजनिक गरिएको छ ।

मेक्सम खाती र नरेश खातीले संयुक्त रुपमा बजारमा ल्याएको उक्त गीतमा नरेश खातीले शब्द भरेका छन् भने मेक्सम खाती र माया पुनको स्वर रहेको छ ।
चर्चित नायिका शिल्पा पोख्रेल र मेक्सम खाती आफैले अभिनय गरेको उक्त गीतले हालसम्म लाखौं स्रोता र दर्शकको मन जित्न सफल भएको छ ।

मौसम हिमालीको निर्देशन रहेको उक्त भिडियोको छायांकन नवराज उप्रेती र सम्पादन राजेन्द्र मुक्ताङले गरेका हुन् ।

उक्त भिडियो नरेश खातीको युटुव च्यानलमा हेर्न सकिन्छ । गीत तथा भिडियोले भर्खरै प्रेममा बाँधियाका युवा युवतीको कथा बोलेको छ ।

पछिल्लो समय अष्ट्रेलियाको एडिलेडमा रहँदै आएका बरिष्ठ गायक मेक्समले आफ्नो करियर र गीत संगीतलाई एकै साथ अघि बढाउँदै आएका छन् ।

पुरा हेर्नुहोस भिडियोः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय