https://www.youtube.com/watch?v=5Ul4iYEjZRs

सिड्नी । बिगत लामो समयदेखी कुशल पत्रकारको रुपमा अष्ट्रेलियायबाट काम गर्दै आएकी अनु लामाले तमाङहरुको नयाँ बर्षा सोनाम ल्होछारको अवसरमा ल्होछार गीत सार्वजनिक गरेकी छन् ।

जिग्मे मिडियामार्फत सार्वजनिक गरिएको डाम्फु हाब्सी नाम दिइएको उक्त भिडियोमा उनको आफ्नै अभिनयसङै अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ।

भिडियोमा नयाँ तथा पुराना दुबै कलाकारहरुको प्रस्तुती रहेको छ। नयाँ कलाकारको रुपमा अष्ट्रेलियामा बस्दै आएका युवा व्यावसायी जेरी सोल्टीले पहिलो पटक भिडियोमा डेब्यु गरेका छन् । त्यस्तै अन्य कलाकारहरु सागर घिसिङ र रमिता दोङको पनि दमदार प्रस्तुती रहेको छ। गीतलाई स्वयम अनु लामाले लेखिकी हुन भने भिडियोको कथाबस्तु पनि उनैले तयार गरेकी छिन्। उनले यस् भिडियो आफ्नो स्वर्गिय आमाबाबाको स्‍मृतिमा तयार गरेको जानकारी दिएकी छन् ।

यस गीतालाई स्वर दिएका छन जितु लोप्चन र बिशाल कल्तनले भने भिडियोलाई निर्देशन् अजय स्याङ्तनले गरेका छन। त्यस्तै डान्स कोरियोग्राफ नरेन मोक्तानको रहेको छ भने छायाँंकन बिक्रम मोक्तानले सम्हालेका छन।

हेरौं भिडयो

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय