काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् । आज नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।
आफ्नो कार्यकाललाई यो पटक ठूलो परीक्षाको रुपमा लिएको समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। ‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन,’ प्रधानमन्त्रीले भने, ‘आफ्नो कार्यकाललाई यो पटक ठूलो परिक्षाको रुपमा लिएको छु । भाषण कम गर्छु धेरै राम्रो काम गरेर देखाउँछु ।’
सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उहाँले यही कार्यकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने दाबी पनि प्रधानमन्त्री प्रचण्डले गरे ।
यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी छहै भनेर केही खबरदारी गरेको जस्तो देखिएको पनि प्रधनमन्त्री प्रचण्डले बताए ।

