मकवानपुरमा गाडिले ठक्कर दिँदा ३ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा गाडिले ठक्कर दिँदा स्कुटरमा सवार ३ जनाको मृत्यु भएको छ ।

गएराति १० बजेतिर मनहरी गाउँपालिका—९ भलादमी चोक नजिकै गाडीको ठक्करबाट ना ३९ प १४३९ नम्बरको स्कुटरमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो । अहिलेसम्म स्कुटरलाई ठक्कर दिएर भागेको गाडीको बारेमा पत्ता लागेको छैन ।

दुर्घटनाका कारण आक्रोशित स्थानीयले राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने सवारी साधनको बारेमा तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर