धरौटीमा छुटे सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् । उनको तर्फबाट जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन् ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिँदैछ। जिल्ला अदालतबाट तारिख बुझेर उनी रिहा हुनेछन् । उच्च अदालत पाटनले जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो ।

उच्च अदालतले २० लाख धौरटी र अन्य शर्तसहित सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर