बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका पाठक निर्वाचित

हेटौंडा। बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका छन्। पाठकले प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाएर सभामुख पदमा निर्वाचित भएका हुन्। प्रदेशसभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका पाठक सहित नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिएका थिए। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभाका सभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। उक्त बैठकमा तीनैवटा दलका उम्मेदवारहरुको उम्मेदवारीका विषयमा छलफल गरी निर्णायार्थ प्रस्तुत गरिएको थियो।

प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले तीन जना उम्मेदवारहरु बीच प्रदेशसभा सदस्यहरुको मत विभाजनका लागि क्रमशः उम्मेदवारी दर्ता क्रम अनुसार निर्णायार्थ प्रस्तुत गरेका थिए। जेष्ठ सदस्य ढुंगानाले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम ६ बमोजिम सभामुख पदका उम्मेदवारहरुको उम्मदवारीलाई निर्णायार्थ पेश गरेका थिए ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा कुल सदस्य संख्या ११० मध्ये १०९ जना सांसद उपस्थित रहेका थिए। एक सांसद भने निर्वाचनको क्रममा अनुपस्थित रहे। प्रदेशसभाको सभामुख पदमा निर्वाचित हुनका लागि कुल सांसदमध्ये बहुमत सदस्यहरुको समर्थन आवश्यक रहन्छ। जसअनुसार राप्रपाका पाठकको पक्षमा प्रदेशसभाका ६२ जना सांसदहरुले हस्ताक्षर सहित समर्थन गरेका थिए भने उनको विपक्षनमा ३९ जना सांसदले हस्ताक्षर परेका थिए। ७ जना सांसदहरु तथष्ट रहेका थिए।

पाठकलाई सभामुख निर्वाचित गराउन गठबन्धनमा आवद्ध दल एमाले बागतमी प्रदेश संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्ताव गरेका थिए भने गठबन्धनको अर्को दल माओवादी केन्द्रका नेता एवं प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ले समर्थन गरेका थिए। त्यस्तै सभामुख पदमा सरकारलाई समर्थन नदिएको नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शिबराज अधिकारीको पक्षमा ३६ जना सांसदले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय