माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह निर्वाचित हुनुभएको छ ।

माओवादी दलका लागि आज भएको निर्वाचनमा ६ मत ल्याएर साह निर्वाचित हुनुभएको हो ।

उहाँसँग प्रतिस्पर्धा गरेका युवराज भट्टराईले मात्र ३ मत पाएको निर्वाचन समितिले जनाएको छ । महोत्तरी क्षेत्र नम्वर १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता हुनुहुन्थ्यो । उहाँ प्रदेशका निवर्तमान गृह तथा सञ्चारमन्त्री हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय