काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नु भएको छ। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा २ शिर्ष नेताविच भेटवार्ता भएको हो ।
दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी लिएको छ। पछिल्ला केही दिन यता राष्ट्रपति चुनावलाई लक्षित गर्दै नेताहरुले राजनीतिक भेटघाट बढाएका छन् ।
एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन्। राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि काँग्रेस नेताहरुले समेत खुलाइसकेका छन् ।

