काठमाडौं । पोखरामा हिजो (आइतबार) बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित विमान दुर्घटना जाँच आयोगले काम सुरु गरेको छ ।
दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ ।
ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । सरकारले हिजो नै दुर्घटनामा परेको यती एयरलाइन्सको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।

