काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रधानमन्त्री प्रचण्डले बुधबार९आज० उहाँलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उनले हिजो राज्यमन्त्रीमा नियुक्त भएपनि शपथ लिएकी थिइनन् । अन्य दुई राज्यमन्त्रीले भने हिजो नै शपथ लिनुभएको थियो। प्रचण्डले हिजो मन्त्रिपरिषद् विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् ।

