काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ। उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको हो ।
बुधबार (आज) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य निर्धारण गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
साथै, ढुवानीमा ७० रुपैयाँ सरकारले ब्यहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए ।

