काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन भने उपसभामुख खाणले सभामुख घर्तीबाट शपथ ग्रहण गरेकाी हुन् ।
यस्तै कर्णाली प्रदेश सभाका उपसभामुखका यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । आज बसेको प्रदेशसभा बैठकले उपसभामुखमा न्यौपानेलाई बहुमतसहित निर्वाचित गरेको हो । माओवादी केन्द्रका समानुपातिक सांसद न्यौपानेले २४ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेद्वार काँग्रेसका इन्द्राकुमारी शाहीले १४ मत ल्याउनुभयो । यसअघि कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित भइसक्नुभएको छ ।

