काठमाडौं । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो ।
उपचारमा संलग्न प्रा.डा.युवराज शर्माका अनुसार पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिईएको छ । डा.शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको बताउनुभयो । पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो।

