दलहरूबीच अबको लडाईं राष्ट्रपतिको लागि : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरूबीच अबको लडाईं राष्ट्रपतिका लागि भएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा उहाँले दललहरूले कम्फर्टेबल राष्ट्रपति खोजेको दाबी गर्नुभयो ।

अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ, केसीले भन्नुभयो । नेपालमा दलहरू संसदीय प्रणालीको बखान गर्न नथाक्ने तर त्यसको नियम नमान्ने समस्या देखिएको अध्यक्ष केसीको भनाइ रहेको थियो ।

दलहरूले महिलालाई सभामुखको उम्मेदवार नबनाई उपसभामुखको उम्मेदवार बनाएकामा केसीले विरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय