काठमाडौं। नेपाली कांग्रेसले संघीय संसद सचिवालयमा निवेदन दिएको छ। कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै निवेदन दिएको हो। निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ।
प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेको छ। यसै बेला कांग्रेसले आफू नै प्रमुख प्रतिपक्षी दल भएको दावीसहित सेवा सुविधा माग गरेको हो।
तर, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको पार्टी प्रतिपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको छ। संघीय संसद्का पदाधिकारीको सुविधा सम्बन्धी ऐन अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछ।

