काठमाडौं । काठमाडौं। प्रतिनिधि सभामा २१ सदस्यीय प्रतिनिधि सभा मस्यौदा नियमावली समिति गठन भएको छ।प्रतिनिधि सभाको आजको बैठकमा सांसद देवेन्द्र पौडेलले २१ सदस्यीय मस्यौदा नियमावली समिति गठनको प्रस्ताव गर्नुभएको थियो ।
यो समितिले १५ दिन भित्रमा प्रतिनिधि सभा सञ्चालनका लागि चाहिने आवश्यक नियम कानून तय गर्नेछ।सांसद रामकृष्ण यादव, ऋषिकेश पोखरेलले प्रस्तावमा समर्थन गरेपछि प्रतिनिधि सभा नियमावली मस्यौता समिति गठनको प्रस्ताव सर्वसम्मत पारित भएको हो।

