प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

भेटमा राष्ट्रपति,उपराष्ट्रपति निर्वाचन,गठबन्धनमा रहेका अन्‍य दललाई सरकारमा ल्याउने र प्रदेश सरकार विस्तारलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

सभामुख र उपसभामुख आफ्नो पोल्टामा पारेको वर्तमान सत्ता गठबन्धन राष्ट्रपति र उपराष्ट्रपति कसरी आफ्नो बनााउन सकिन्छ भन्नेमा केन्द्रीत छ भने कांग्रेस पनि राष्ट्रपति आफ्नो बनाउने रणनितीमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय