काठमाडौं । विभिन्न १३ बुँदे निर्णय गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक सकिएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा हिजो र आज बसेको राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने सङ्कल्पका साथ सकिएको हो ।
बैठकले पार्टीको महाधिवेशन आउँदो वर्षको फागुन ७, ८ र ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको राप्रपा नेपालले जनाएको छ ।
यस्तै बैठकले राजनीतिक, निर्वाचन समीक्ष, सचिवालयको प्रतिवेदनसँगै, प्रशिक्षणसम्बन्धी कार्ययोजना, सङ्गठन सुदृढीकरण कार्यक्रम र आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
बैठकले संविधान र कानुनले निषेध गरेको धर्मपरिवर्तन र गौ हत्या नियन्त्रण गर्न पनि सरकारसँग माग गरेको छ ।

