काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रीपरिषदले पुर्णा पाउको छ। मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीहरुको टुंगो लगाएसँगै मन्त्रीपरिषदले पुर्णता पाएको हो । हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उहाँले मन्त्रिपरिषदलाई पुर्णता दिनभएको हो ।
एमालेबाट नवलपरासीका रोशन गाहामगर र कास्कीका वेदबहादुर गुरुङ मन्त्री हुने एमाले स्रोतले जनाएको छ। ७ सदस्यीय मन्त्रिपरिषदमा एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रबाट २ र राप्रपाबाट १ जना मन्त्री हुने सत्ता साझेदार दलबीच सहमति छ ।
यसअघि एमाले, माओवादी र राप्रपाबाट एक एक जना मन्त्री भइसकेका थिए। एमालेबाट मन्त्री हुने २ जना र माओवादीबाट मन्त्री बन्ने एक जना टुंगो लाग्न बाँकी थियो ।
माओवादी संसदीय दलको बैठकले हिजो नै म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरिसकेको थियो। एमालेले गाहामगर र गुरुङको नाम मन्त्रीमा टुंगो लगाएपछि ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ।
माओवादीबाट मन्त्री भएका हरिबहादुर चुमान, एमालेबाट मन्त्री भएकी सीता सुन्दास र राप्रपाबाट मन्त्री भएका पञ्चराम तमु पनि हालसम्म विना विभागीय छन् । मन्त्रीको टुंगो लगाए पनि कुन कुन मन्त्रालय भन्ने अझै सार्वजनिक गरेका छैनन् ।
रोशन गाहामगर नवलपुरका १ ख बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो भने वेदबहादुर गुरुङ कास्की १ ख बाट निर्वाचित हुनुभएको थियो ।

