नेकपा एसद्वारा केन्द्रीय कमिटीको बैठक आह्वान

काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी आह्वान गरेको छ। आगामी माघ २१ र २२ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो। बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न तहका कमिटीहरूको बैठक बस्दै पार्टीको भूमिका र धारणा निर्माण गरिँदै आएको सर्वविदितै छ।

ती सम्पूर्ण निर्णयलाई अनुमोदन गर्ने र विकसित परिस्थितिमा पार्टी, संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्य सहित केही महत्वपूर्ण निर्णय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक माघ २१ र २२ गते काठमाडौंमा बोलाइएको छ,’महासचिव भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्यस्तै पार्टीले अन्तर संगठन निर्देशन (असनि) ३ जारी गरको छ। उक्त असनिले देशभरका पार्टी कमिटी, विभाग र मोर्चा संगठनलाई निर्देशित गरेको छ। जसमा पार्टी तथा संगठनका कमिटीहरू अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने र महाधिवेशनका सम्बन्धमा निर्देशित गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर