काठमाडौं। नागरिकता विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशबाट पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ।
शुक्रबार राती बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो। हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।
अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन्। कार्यवहाक सभापति अर्याल रास्वपाबाट समानुपातिक सांसद छन्। अन्य विषयमा पार्टीले अर्को बैठक बसेर निर्णय गर्ने ढकालले जानकारी दिए।

