राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय नछाड्ने अडान राखेको छ। सर्वोच्च अदालतले शुक्रबाार नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो।

लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो।

गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय नगरेको भएपनि गैरसांसदलाई समेत ६ महिनाका लागि मन्त्री बनाउन सकिने प्रावधान रहेकोले अडान नछाड्ने ढकालले बताउनुभयो । संविधाननमा मन्त्री बनाइएका गैरसांसद ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसकेमा भने पद मुक्त हुने छन् ।

केहीबेर अगाडी मात्रै लामिछानेले पुनः नागरिकता लिइसकेपछि फेरि पार्टी सभापति बनाउने तयारी भइरहेको छ ।यसबारेमा निर्णय गर्न रास्वपाले केन्द्रिय समितिको बैठक पनि बोलाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय