सूचनाको हकलाई कमजोर पार्ने गरी गरेको नीतिगत निर्णयप्रति कोइरालाद्वारा खेद् प्रकट

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्ने गरी गरेको नीतिगत निर्णयप्रति खेद् प्रकट गर्नुभएको छ ।

आज सामाजिक सन्जालमार्फत् नेता कोइरालाले सरकारले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरी गरेको निर्णयमा खेद् व्यक्त गर्नुभएको हो ।

त्यस्तो निर्णय तत्काल फिर्ता लिनसमेत उहाँले माग गर्नुभएको छ । गरेका छन् । संविधानले ग्यारेन्टी गरेको ’सूचनाको हक’ लोकतन्त्र, नागरिक शसक्तीकरण र सुशासनलाई सबल बनाउने महत्त्वपूर्ण हक भएको भन्दै उहाँले यो निर्णय अविलम्ब फिर्ता गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय