वृद्धामाथि हातपात गरेको आरोपमा अस्ट्रेलियामा नेपाली नर्स पक्राउ, मार्चमा सजाय सुनाइने

सिड्नी । वृद्धामाथि हातपात गरेको आरोपमा अस्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । न्यू साउथ वेल्सको इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत नेपाली नर्सलाई वृद्धामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट वर्किङ भिसामा गएकी उनले वृद्ध विरामीहरूलाई थप्पड हानेको स्वीकार गरेको नाइन न्युजले जनाएको छ । उनले वृद्धालाई हातपात गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।

उनले कुटपिट गरेकामध्ये ९५ वर्षकी डिमेन्सिया नामकी पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार हुनु निकै दुखदायी भएको बताएको खबरमा उल्लेख छ ।

पक्राउ परेकी ती नर्सलाई आउँदाे मार्चमा सजाय सुनाइने छ । उनलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर