नेता घनश्याम भुसाल अस्पताल भर्ना

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन्। पार्टी कार्यालयतर्फ आउँदै गर्दा शुक्रबार दिउँसो गाडीको स्टेरिङ छातीमा लाग्दा उनी बेहोस भएका थिए।

भुसालले चलाएको गाडी अनियन्त्रित भएर बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको थियो। दुर्घटना लगत्तै भुसाललाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। जिपमा क्षति भएको छ।

उनको छातीमा चोट लागेको अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले जानकारी दिए। उनले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ। बेलाबेलामा छाती दुख्यो भन्नुहुन्छ। बाहिरी चोट लागेको छैन। एक्स-रे गरेपछि मात्र उहाँलाई के भएको भन्ने थाहा हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय