नेपालमा आज कसैमा पनि देखिएन कोरोना, २ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा कसैमा पनि कोभिडको सङ्क्रमण पुष्टि भएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २११ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि नभएको हो ।

सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर २ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा ११ हजार २ सय ७० जनाले कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर