काठमाडौं। काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको अस्थायी विटमा डोजर चलाएको छ। महानगरले आज मंगलबार दिउँसो प्रहरी विटमा डोजर लगाएको हो।
फुटपाथ मिचेर प्रहरी बिट बनाइएकाले त्यसमा डोजर चलाएको महानगरले जनाएको छ। प्रहरी विट भत्काउन प्रहरीसँग समन्वय गरिएको पनि महानगरको भनाई छ।
काठमाडौं महाननगरको प्रहरी टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेर खाली गरेका थिए।

