मधेश प्रदेशमा माओवादी पनि सहभागी, नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं । मधेश सरकारका नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीले पद तथा गोपनियताको शपथ लिएका छन् । माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी मुख्यमन्त्री सरोजकुमा यादवबाट शपथ लिएका हुन् ।

यो संगै अब मधेश सरकारले पूर्णता पाएको छ ।

यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय