राष्ट्रियसभा सदस्य उपनिर्वाचन भोलि हुने, सम्पूर्ण तयारी पूरा

काठमाडौं । लुम्बिनी प्रदेशमा भोली हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार भोली बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।

निर्वाचनका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रलाई मतदान केन्द्र तोकिएको छ । माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि ३ दलबाट ३ जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

सत्तारूढ एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी काँग्रेसका माधवप्रसाद आचार्य दुवै र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा उत्रिएका छन् । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय