नेपालमा आज थप २ जनामा कोरोना पुष्टि, देशमा ५ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा आज बुधबार थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ सय २४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार १ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर ५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर