संसद्को संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले आज सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसदका महासचिव डा. भरतराज गौतमले आज संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । यस्तै आजै ५ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनको प्रति टेबुल गर्ने र सभामुख देवराज घिमिरेले सम्बोधनको लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

आजको बैठकमा अनुगमन तथा मुल्याङ्कन विधेयक २०७६ अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय