‘राजनीतिमा कुनै नेता र पार्टी बदनाम भएमा अर्थतन्त्र त्यहाँ आइपुग्ने खालका समस्याले दुःख दियो’

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टी सचिवालय सदस्य घनश्याम भुसालले राजनीतिमा कुनै नेता र पार्टी बदनाम भएमा अर्थतन्त्र त्यहाँ आइपुग्ने खालका समस्याले दुःख दिएको बताएका छन्।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र उद्यम नभएका पुँजीपतिहरूले नेतृत्व गरेका कारण आफू अनुकूलको चाहँदा देश गलत बाटोमा जाने भन्दै राजनीति र अर्थतन्त्र एक ठाउँमा आएपछि नेपालको जस्तो लोकतन्त्रलाई कमजोर बनाउने बताए।

भुसालले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको उल्लेख गरे। ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ। पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन्। त्यस्तो समाज, व्यवस्था, राजनीति, अर्थतन्त्र निर्माण गर्ने कुरामा एक्लै हुनुहुन्न। यो कार्यमा तपाईंहरु एक्लै हुनुहुन्न। धेरै मान्छे तपाईंहरुसँग छन्,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय